७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वायुसेवा निगमको जिएसएसँग अन्तरक्रिया

नेपाल वायुसेवा निगम र जनरल सेल्स एजेण्टको संयुक्त आयोजनामा भारतको मुम्बई र बैङ्लोरमा हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिहरूसँग बिक्रेता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मुम्बाई, दिल्ली र बैङ्लोरमा नियमित रूपमा भरपर्दो, सुलभ र गुणस्तरीय हवाई सेवा प्रदान गर्दै आएको बताए।

उनले कोरोना महामारीको कारण विश्वव्यापी रूपमा हवाई सेवामा आएको संकुचनबाट निगम पनि मुक्त नभएको बताए। निगमले आगामी दिनमा चीनको ग्वान्जाउ, भारतको अहमदावाद र सिंगापुर हुँदै अष्ट्रेलिया जाने लक्ष्य रहेको बताए।

नेपालमा पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धन गर्न नेपाल सरकारले सन् २०२३-२०३३ को अवधिलाई पर्यटन दशकको रूपमा घोषणा गरेको स्मरण गरे। उनले नेपालमा हवाई सेवा र पर्यटन प्रवर्द्धन हुने अवस्थामा भएको हुँदा यसमा निगमको अग्रणी भूमिका रहने भएकाले निगमको सेवालाई समयसापेक्ष थप प्रभावकारी बनाउदै लैजाने बताए।

कार्यक्रममा निगमको संस्थागत विभागकी निर्देशकले नेपालको पर्यटकीय गन्तव्यहरूसँग नेपाल वायुसेवा निगमले सहज रूपमा जोड्दै आएको बताए। निगमले प्रदान गर्दै आएको विभिन्न सेवा तथा सुविधाको बारेमा निगमको वाणिज्य विभागकोे उपनिर्देशकले प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: ७ कार्तिक २०७९ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App