११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

वायो इनर्जीको उत्पादन र प्रयोगमा वृद्धि

विगत १५ वर्षदेखि वनश्रोतमा आधारित आधारित वायो इनर्जीको उत्पादन र प्रयोग बढेको देखिएको छ। राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)ले ग्लोवल फरेष्ट कोयलिसन र इन्भ्यारोमेन्टल पेपर नेटवर्कको सहकार्यमा गरेको अध्ययनले सो कुरा देखाएको हो।

वायो इनर्जी  सप्लाई रिपोर्ट (२०२०)का अनुसार वायो इनर्जीको प्रयोग सन् २००० को तुलनामा सन् २०२० मा ३ गुणाले वृद्धि भएको छ। प्रतिवेदनअनुसार वायोमासलाई इन्धनको रूपमा परिणत गर्दा जलवायुमा नकारात्मक योगदान पुग्छ। अध्ययनअनुसार नेपालको ग्रामीण क्षेत्रमा अझै पनि ७७ प्रतिशत इन्धनको रुपमा दाउरा, गुइँठालगायत कृषि क्षेत्रबाट फालिएका वस्तु बल्ने प्रचलन कायमै छ।

नेपालमा करीब १० वटा वायोमास इनर्जी कम्पनीले वनश्रोतमा आधारित ऊर्जा (वायो विक्रेट, पेलेट आदि)  उत्पादन  गरी बजारीकरण गरिरहेका छन्। यीमध्ये कहिले औधोगिकस्तरमा पेलेट उत्पादन लक्ष्य लिई सरकारसँग वनमा रहेको वायोमास सङ्कलन र प्रयोगको सम्झौता गरी उत्पादन शुरु गरेको छन्। यसले वनको वायोमास सङ्कलनकार्य दिगो किसिमले नहुने र त्यसको कारण वनविनाश बढ्ने प्रतिवेदनमा उल्लेख छ। वायोमास अर्थात् वनमा रहेका घाँस, पात, पतिङ्गर, बुट्यान, हाँगाबिंगाको साथमा वनका विरुवा र रूखसमेत काटिने गरिएको छ।

तत्काल वायोमास इनर्जी रणनीति, २०१७ खारेज गरी नयाँ ऊर्जा नीति वृहत छलफल र परामर्शमा बनाइनुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ। यस्तै परम्परागतरूपमा उपयोग गरी रहेको वायो इनर्जीलाई व्यापारीकरण गर्ने कार्य तत्काल रोकिनुपर्ने, समुदायका वनश्रोतमा आश्रित समुदायको इन्धनमाथिको अधिकार खोस्नेकार्य बन्द गरिनुपर्नेलगायत प्रतिवेदनको सुझाव छ।

प्रकाशित: ४ कार्तिक २०७९ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App