८ वैशाख २०८१ शनिबार
अर्थ

जोय इ बाइक तथा स्कुटर सार्वजनिक

महाबीर अटोमोबाइल्सले जोय इ बाइकमा ९ प्रकारका स्कुटर तथा बाइकहरू सार्वजनिक गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं भृकुटीमण्डपमा भइरहेको इभी नाडा एक्स्पो-२०२२ मा कम्पनीको ९ वटा इभी टु ह्विलर्सकोे संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

हाल कम्पनीले स्कुटरमा ५ वटा र बाइकमा ४ वटा सेग्मेन्ट एक्स्पोमा राखेको छ। कुनै पनि इभी बाइकको वास्तविक मूल्य नतोकेको कम्पनीले केही दिनमै मूल्य सार्वजनिक गर्ने जनाएको छ।

कम्पनीले स्कुटरलाई मात्र फोकस नगरेर स्पोर्टी बाईकलाई पनि उत्तिकै प्राथमिकतामा राखेको बताएको छ। राम्रो र स्टाइलिस इभी बाइक रहेको जनाउँदै कम्पनीले पहिलो पटक जोय इभी टु ह्विलर्सका ९ वटा सेग्मेन्टहरू सार्वजनिक गरेको बताएको छ।

बजार रणनीति अनुसार सहुलियत मूल्य हुने बताउँदै महाबीर अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर महेशकुमार शर्मा भने ‘हाम्रो अफिसियलय लञ्चिङ प्रोग्राम अक्टुबर महिनामा हुन्छ। त्यतिबेला नै हामी शुल्क सुनिश्चित गर्छौ’। उनले थपे ‘हामीले अहिले अस्थायी मूल्य बताइरहेका छौं। रजिष्ट्रेशनको प्रक्रिया बाँकी नै रहेका कारण लञ्चिङको समयमा मात्र मूल्य फाइनल हुन्छ, अहिले भनिएको भन्दा केही तलमाथि हुन सक्छ।’

यस्तै म्यानेजिङ डाइरेक्टर शर्माले इभी टु ह्विलर्सको न्यूनतम २ लाख ३० हजार रूपैयाँदेखि अधिकतम ५ लाख ५० हजार रूपैयाँसम्म हुने बताए। उनले सामान हेरेर मूल्य एकदम उदार भएको दाबी गरे।  

एक्स्पोमा कुनै पनि स्कुटर तथा बाइक बुकिङ गरेका प्रत्येक ग्राहकको जोडीले निःशुल्क माउन्टेन फ्लाइट गर्न पाउने कम्पनीले बताएको छ। डाइरेक्टर शर्माले जोय चलाउन सजिलो, सहज रूपमा यसको स्पेर्यस पार्टहरू उपलब्ध हुने र पछि बेच्दा पनि राम्रो मूल्य पाइने दाबी गरे। कम्पनीले आफ्ना प्राविधिकहरूलाई भारतबाट तालिम दिएर ल्याएको जनाउँदै उनले साधनमा केही समस्या देखिए तत्कालै सम्बोधन गर्ने बताए।

एक्स्पोमा हाल वुल्फ नर्मल, वुल्फ प्लस, जेन नेक्स्ट, जेन प्लस नानु र ग्लोब स्कुटर र थन्डरबोल्ट, हुरिकयान लगायतका ९सेग्मेन्टका बाइकहरू रहेका छन्।

प्रकाशित: ९ आश्विन २०७९ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App