८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआईसी बैंकद्वारा २० लाख रूपैयाँ बिमा रकम भुक्तानी

एनआईसी एसिया बैंकले २० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ। बैंकले सर्वश्रेष्ठ बचत खातामा उपलब्ध घातक रोग बिमा बापत ग्राहकहरूलाई सो बिमा रकम भुक्तानी गरेको हो।

बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकहरूलाई खातामा उपलब्ध घातक रोग बिमा बापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल २० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको हो।

नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेको सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेको स्व. महेश कपालीको हिताधिकारीहरूलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त बिमा रकम बराबरको चेक हस्तान्तरण गरेको हो। बैंकले सो बिमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो। 

प्रकाशित: ३१ भाद्र २०७९ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App