२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको डिबेन्चर २०८९ नेप्सेमा सूचीकृत

 सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेञ्ज बीच बैंकको डिबेन्चर सूचीकृतगर्ने सम्झौता भएको छ।

 बैंकका अनुसार ४ अर्बको १० वर्षे अवधि भएको १०.७५ प्रतिशत एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९ को अंकित तथा चुक्ता मूल्य १ हजार मूल्य कायम भएको कुल ४० लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको हो।

बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक श्रीकुमारी क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो। 

प्रकाशित: ३ भाद्र २०७९ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App