७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल श्रीलंका हुँदैन, ढुक्क हुनुहोस्: पूर्व गभर्नर

नेपाल राष्ट बैंकका पूर्व गर्भनर डा.चिरञ्जीवी नेपालले नेपालमा श्रीलंकामा जस्तो आर्थिक संकट नहुनेमा ढुक्क हुन सवैलाई आग्रह गरेका छन्। 

प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल इन्जिनियरिङ कलेज एकाई समिति भक्तपुरले नेपालको वर्तमान अर्थव्यवस्था: चुनौती र व्यवस्पथापन विषयमा मंगलबार गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व गभर्नर डा. नेपालले नेपाल श्रीलंका हुन लाग्यो भनेर जथाभावी नबोल्न अनुरोध गरे। तथ्यमा रहेर बोल्नुपर्नेमा जोड दिंदै उनले नेपालमा अहिले पनि ६ महिनालाई पुग्ने डरल संचिती रहेको तथ्यांक प्रस्तुत गरे।  

डा.नेपालले सतामा नभएपछि सत्ताबाट बाहिरिएका नेताहरुले जस्तो पायो त्यस्तो बोल्ने गरेको भन्दै चित्त दुखाए। सताबाट बाहिर गएका नेताहरुले अहिले नेपालको आर्थिक अवस्था श्रीलंका जस्तो हुन लागेको भनी हचुवा बोल्ने गरेको उनको भनाई थियो।  

उनले नेपालको आर्थिक अवस्था श्रीलंका जस्तो हुन खोजेको भन्ने कुरा तथ्यहिन भएको पनि बताए। नेपालमा श्रीलंकामा जस्तो आर्थिक समस्या आउला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नभएको उनले बताए। नेपालमा अझै ६ महिनालाई पुग्ने डलर संचिती रहेको तथ्यांक रहेको बताए।  

डा.नेपालले नयाँं नेपालका लागि नयाँं पुस्ता राजनीतिमा आउनुपर्नेमा विशेष जोड दिए। असल मानिस राजनीतिमा आए देश उभो लाग्ने उनको धारणा थियो। उनले गलत मानिव शक्तिमा रहेका कारण समस्या भएको पनि बताए।  

कार्यक्रममा कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले देखिदोरुपमा अमेरिकाले नेपाललाई सहयोग गरेको भए पनि नदेखिदोरुपमा नेपाली विद्यार्थी अध्ययनका लागि जाने, दक्ष जनशक्ति अमेरिका जाने कारण वास्तवमा नेपालले अमेरिकालाई सहयोग गरेको उदाहरण पेश गरे। 

आयोजक इकाईका अध्यक्ष एवं कलेजका पूर्व सहकायक प्रिन्सिपल दीपक धामीलगायतले अर्थशाश्त्री र प्राविधिकका समिश्रणबाट मुलकले उन्नतिको बाटो लिनसक्ने बताए।

प्रकाशित: ३१ श्रावण २०७९ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App