७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नबिल बैंकको वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम

 नबिल बैंकले कन्काई नगरपालिकामा डिजिटल बंैकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा १ सय ५० जना युवा तथा महिला उद्यमीहरूको सहभागिता थियो । कार्यक्रममा बोल्दै कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको विस्तार र विकासमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए।उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीहरूलाई आफ्नो व्यापार व्यवसाय प्रवद्र्धन गर्न थप हौसला दिएको बताए ।

उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सिर्जना गर्न साथै उद्यमशीलता प्रवद्र्धन गर्न वित्तीय क्षेत्रको विशेष भूमिका रहने जानकारी गराए।स्थानीय क्षेत्रको कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरतामा केन्द्रित रहेको कार्यक्रममा बोल्दै नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र क्यूआर कोडले व्यवसायमा योगदान पुर्‍याउने बताए ।

नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरूआत गरेको जानकारी दिए।

प्रकाशित: २४ श्रावण २०७९ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App