१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नेप्सेमा १ अंकको झिनो सुधार, कारोबार रकम साढे ४ अर्ब माथि

सेयर खरिदमा लगानीकर्ता अन्यौल बन्दा सोमबारको बजारमा तीब्र उतार चढाव भएको छ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार लगानीकर्ताको अन्यौलताका कारण परिसूचक छोटो समयमा तलमाथि गरिरहेको थियो। आइतबारको कारोबारबाट परिसूचक ५४ .५८ अंकले बढेकामा सोमबार १.१५ अंकले मात्र बढेको हो। योसँगै परिसूचक २१९६.२५ बिन्दुमा पुगेको छ।  

एक्सचेन्जका अनुसार सोमबार २२०५ बिन्दुबाट सुरु भएको कारोबारमा लगातार जसो उतारचढाव आएको थियो। दिनभरको कारोबारमा परिसूचक न्यूनतम २१८४ बिन्दुसम्म झरेको थियो भने अधिकतम २२२४ बिन्दुसम्म पुगेको थियो। बजार बन्द हुँदा भने नेप्से २१९६ बिन्दुमा रोकिएको हो।  

एक्सचेन्जका अनुसार सोमबार नेप्सेका अतिरिक्त प्रमुख तीन सूचक सबै बढेका छन्। सेन्सेटिभ सूचक १.९४ बिन्दुले बढेको छ। फ्लोटमा कुनै परिवर्तन भएको छैन भने सेन्सेटिभ फ्लोट ०.१४ बिन्दुले बढेको छ। प्रतिशतका आधारमा हेर्दा सबै भन्दा बढी सेन्सेटिभ ०.४६ ले बढेको छ। यस्तै सेयर बजारका अन्य १३ उपसूचक मध्ये ५ बढेका छन् भने ८ वटा उपसूचक घटेका छन्। कारोबारमा सुधार आउनेमध्ये उत्पादन तथा प्रशोधन उपसूचक सबै भन्दा धेरै १०९ अंकले बढेको छ। यस्तै व्यापार ७६, जलविद्युत् १८, बैंकिङ ५ र लगानी उपसूचक ०.५३ अंकले बढेका छन्।  

कारोबारमा गिरावट आउने ८ उपसूचकमध्ये सबैभन्दा धेरैले होटल तथा पर्यटन घटेको छ। यो ६० अंकले घटेको हो। यस्तै विकास बैंक ५९, लघुवित्त ५८, जीवन र निर्जीवन बिमा १९ अंकले घटेका छन्। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले व्यापार उपसूचक बढेको छ। यो ३.५४ प्रतिशतले बढेको हो। सबैभन्दा धेरै गिरावट होटल तथा पर्यटन २ प्रतिशतले घटेको छ  

एक्सचेन्जका अनुसार सोमबार ३ वटा कम्पनीको प्रतिसेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको छ। सबैभन्दा धेरै प्रतिसेयर मूल्य बढ्नेमा बुटवल पावर कम्पनी परेको हो।

यस्तै कारोबार भएका कम्पनीमध्ये प्रतिसेयर मूल्य सबै भन्दा धेरैले घट्नेमा स्वाभिमान लघुवित्त परेको छ। यसको सेयर मूल्य ५.२१ प्रतिशतले घटेको हो। यस्तै स्टान्र्डड चार्टड बैंक ४.७१ र सूर्योदय लघुवित्तको सेयरमा ४.०९ प्रतिशतले गिरावट आएको छ।  

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको ३८ करोड ३१ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यस्तै हिमालयन डिष्टिलरीको १६ करोड २७ लाख रूपैयाँको कारोबार भएको छ।  

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर जलविद्युत् लगानी तथा विकास कम्पनी परेको छ। यसका ५ लाख ८६ हजार २ सय ४८ कित्ता सेयर बिक्री भएका छन्। यस्तै एपी पावरको ४ लाख ६५ हजार ९ सय १७ कित्ता सेयर बिक्री भएका छन्।  

एक्सचेन्जका अनुसार सोमबार २१७ कम्पनीका १ करोड ५ लाख १८ हजार ७ सय १२ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि ४ अर्ब ६७ करोड ७ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर ३१ खर्ब ३६ अर्ब रूपैयाँ पुगेको छ। 

प्रकाशित: १७ श्रावण २०७९ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App