४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैतडीका स्थानीय तहमा बेरुजुको चाङ

बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवदेन अनुसार प्रत्येक स्थानीय तहमा बेरुजु बढ्दै गएको देखिएको छ। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन अनुसार बैतडीका स्थानीय तहमा ४८ करोड बढी बेरुजु रकम देखिएको छ। 

आर्थिक वर्ष २०७७/७८ मा जिल्लाको सबैभन्दा बढी बेरुजु रकम डिलासैनी गाउँपालिकामा देखिएको हो। सो पालिकामा १० करोड २४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ। यस्तै जिल्लामा सबैभन्दा कम दोगडाकेदार गाउँपालिकामा १ करोड २२ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ।

पुर्चौंडी नगरपालिकामा ८ करोड २९ लाख ६९ हजार बेरुजु देखिएको छ। जिल्लाको सिगास गाउँपालिकामा ७ करोड ७३ लाख ४२ हजार बेरुजु देखिएको छ भने सुर्नया गाउँपालिकामा ६ करोड ३० लाख ३० हजार बेरुजु देखिएको छ।  यस्तै पञ्चेश्वर गाउँपालिकामा ४ करोड ७३ लाख ३८ हजार बेरुजु देखिएको छ भने मेलौली नगरपालिकामा ३ करोड ६५ लाख ३८ हजार बेरुजु देखिएको छ। यसैगरी जिल्लाको दशरथचन्द नगरपालिकामा २ करोड २९ लाख ३६ हजार, शिवनाथ गाउँपालिकामा २ करोड ४ लाख ३१ हजार र पाटन नगरपालिकामा १ करोड ७१ लाख ८७ हजार बेरुजु देखिएको छ।

जिल्लाका धेरैजसो स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ। ऐन नियम अनुसार बजेट खर्च नहुनु, दबाबमा बजेट खर्च हुनुलगायतका कारणले स्थानीय तहहरुमा बेरुजु रकम बढ्दै गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु बढ्दै जानु भनेको आर्थिक अनुशासन कायम नहुनु रहेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए। उनले भने, ’स्थानीय तहहरुले आर्थिक अनुशासन कायम गर्न नसक्दा बेरुजु रकम बढ्दै गएको छ।’

प्रकाशित: ३० असार २०७९ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App