१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आज नेप्से परिसूचक ५९.५४ अंकले वृद्धि

पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। आज नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अंकले बढेको छ। आज कारोबारमा आएका २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ।

हिजो मंगलबारको तुलनामा आज कारोबार रकम बढेको छ। मंगलबार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। आज नेप्सेका १३ वटै उपसमूहहरुको सूचकमा हरियाली छाएको छ। जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक ६.९६ प्रतिशतले बढेको छ।

त्यस्तै विकास बैंक उपसमूहको परिसूचक ६.२५ अंकले बढेको छ भने व्यापार उपसमूह ५.३९, जलविद्युत ४.७१, अन्य उपसमूहको ४.७२ प्रतिशतले बढेको छ। आजको कारोबारमा नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.९० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टले ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: २९ असार २०७९ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App