१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल वायुसेवा निगमको ६४ औं वार्षिकोत्सव सम्पन्न

नेपाल वायुसेवा निगमको ६४ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठबाट निगमको नयाँ वेवसाइटको प्रारम्भ भएको छ।

वेबसाइट मार्फत निगमको अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ जसमा यात्रुहरूले एक महिनाभित्र घरमै बसी टिकट काट्ने सुविधा प्राप्त गर्ने भएका छन्।

निगमको नयाँ वेवसाइटमा च्याटबक्सको सुविधा पनि छ। यसमा यात्रुहरूले आफ्ना जिज्ञासा, गुनासो राख्न सक्ने र वेवसाईटमा रहेको उडान तालिकाबाट यात्रु र सरोकारवालाहरूले विविध उडान सूचना, गन्तव्य तथा अन्य जानकारी प्राप्त गर्न सक्ने निगमका प्रवक्ता अर्चना खडकाले जानकारी दिएका छन्।

प्रकाशित: २० असार २०७९ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App