१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

प्रतीकको सोमबार थुनछेक हुने, बेचनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुईजनालाई काठमाडौं प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ।

पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा र बेचन झालाई अदालतमा पेस गरेको हो।

यसक्रममा अदालतले झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ, भने प्रतीकको अदालतमा बयान सुरु भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त रजौरेका अनुसार प्रतीकको सोमबार थुनछेक बहस हुनेछ। ‘आज बयान भएको छ। सम्भवतः भोलि थुनछेक बहस हुनेछ,’ उनले भने।

प्रतीकको यसअघि नै अनुसन्धान भएर अभियोजन भइसकेकाले अदालती बयान र त्यसपछि थुनछेक बहस हुन लागेको हो। थुनछेक बहसले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी वा साधारण तारेखमा छाड्ने आदेश गर्नेछ।

बेचनको हकमा यसअघि स्पष्ट ठेगाना नखुलेकाले पर्याप्त अनुसन्धान हुन सकेको थिएन्। प्रहरीले अनुसन्धान गरेर उनीमाथि अभियोजन गरेपछि मात्र मुद्दा चल्नेछ।

प्रकाशित: १६ असार २०८१ १७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App