१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

फरार बलात्कार आरोपी पक्राउ

प्रहरीले ललितपुरबाट एक जना फरार बलात्कार आरोपी पक्राउ गरेको छ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बलात्कार आरोपी ललितपुरको गोदावरी नगरपालिका–६ का ५० वर्षीय कृष्णकुमार दाहाललाई पक्राउ गरेको हो।

उनी ललितपुर चापागाउँबाट पक्राउ परेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जनाएका छन्।

दाहालमाथि ‘परिवर्तित नाम ०८०/०८१ सातदोबाटो ९११९०’लाई बलात्कार गरेको आरोप छ। उनको जाहेरीमा दाहालमाथि जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दा चलिरहेको बताइएको छ। आरोपपछि उनी फरार भएका थिए।

अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त सातदोबाटो पठाएको जनाएको छ।

प्रकाशित: १६ असार २०८१ १७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App