४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठेकेदारको लापरबाहीले ६ लेन सडक निर्माण सुस्त

तरहरादेखि धरानको तीन कुनेसम्म निर्माणधीन सडक खण्ड। तस्बिर: नागरिक

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा  विस्तार भइरहेको सडक अन्तर्गत यतिबेला इटहरीको तरहरादेखि धरानसम्म सडक विस्तार भइरहेको छ। तर, सडक विस्तार सुस्त गतिमा छ। जसले गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ।  

विराटनगर–धरान सडक खण्ड अन्तर्गतको तरहरादेखि धरान तीन कुनेसम्मको काम सुस्त हुँदा सडकमा यात्रा गर्नेले सास्ती खेप्दै आएका हुन्। ‘सडक खाल्डाखुल्डीले गर्दा गाडीको पार्टपूर्जा विग्रिइ रहन्छ,’ इटहरी तरकारी ल्याएर धनकुटा फर्कदै गरेका पिकअप गाडीका चालक सुजन श्रेष्ठले भने।  

 इटहरी ९.५ किलोमिटर सडक खण्डको पुरानो संरचना अहिले भत्काएर सडक चौडा बनाउने काम भइरहेको छ। तर सडकमा बनेका खल्डा खुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ। ‘खाल्डाखुल्डी, हिलो र धुलोले गर्दा धरान–तरहराको सडक हिड्नै नपरोस् भन्ने लाग्छ। तर, बाध्यतावस हिडनुपर्छ,’ इटहरीका वादल दाहालले भने।  

बिशेष गरि साना सबारी साधन मोटरसाइकल, अटो तथा कारहरु खल्डा खुल्डीका कारण दुर्घटनामा पर्ने गरेका छन्। तरहरादेखि धरानको तिन कुनेसम्मको सडकका खाल्डा खुल्डीमा परेर पछिल्लो तीन महिना यता दुई वटा यात्रुवहाक बस र एक–एक वटा ट्रक तथा जिप पल्टिएर दुर्घटना भएको १ न. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। 

अझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामी लिएर जाने– आउने एम्बुलेन्सलाई समेत ढिलाई हुने गरेको छ। जसको असर विरामीलाई नै पर्छ। ‘ठेकेदारको विभिन्न वाहनाबाजी बनाएर लापरबाहीले गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ,’ विद्यार्थी नेता सुधन महतले भने, ‘दुर्घटना भएर मानवीय क्षती भएको जिम्मेवारी छ लेन सडक आयोजना र ठेकेदार कम्पनीले लिनुपर्छ।’  

अहिले विराटनगरको रानी धरान ६ लेन सडक अयोजनाको दुईवटा ठेक्का सञ्चालनमा छन्। तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् पेसेफिक जेभीले ठेक्का पाएको छ। सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्ट्रक्सनको ठेक्का पाएको छ। सडकको दुवै साइडमा बाटो फराकिलो बनाइएको छ। तर बाटो बनाउदा थुपारिएको निर्माण समाग्रीले सडक अस्तव्यस्त बनेको छ।  

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ। थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दावी  छ। छ लेन आयोजनाले इन्धनदेखि निर्माण सामाग्रीमा मुल्य वृद्धिको असरको कारण काम सुस्त भएको दाबी गर्छ। ठेक्का सम्झौता हुदा खेरीको निर्माण शुल्कले अहिलेको अवस्थामा काम गर्न नसकिने भन्दै ठेकेदार कम्पनीको कन्ट्रक्सन ‘होली डे’ आन्दोलनका कारण काम अड्किएको लेन सडक आयोजनाका इन्जिनियर एवम् प्रवक्ता उपेन्द्र दासले बताए।  

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ। दुहवी बजार र इटहरीको विराटनगर लाइनमा पनि सडक विस्तार गर्न बाँकी छ। दुहवी बजार क्षेत्रको भने घर जग्गा खाली नभएकाले गर्दा विस्तार हुन सकेको छैन्।  

दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रको रुपमा कायम गर्न निर्णय गरेको थियो। त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकासित सूचना अुनसार, दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि बायावाया दुवै तर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो। त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ।  

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो। पछिल्लो समय थप गरिएको छ। पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो।

प्रकाशित: १९ असार २०७९ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App