४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य संघ लहानमा विकास

नवनिर्वाचित उद्योग वाणिज्य संघका अध्यक्ष विकास सारडासहितका पदाधिकारी। तस्विरःनागरिक

जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको निर्वाचनमा विकास सारडाको प्यानलको विजयी भएको छ। प्रतिस्पर्धी पशुपति साहलाई २२६ मतान्तरले पराजित गर्दै अध्यक्षमा विकास सारडा विजयी भएका छन्।

विकाशले १५२७ मत ल्याएका छन् भने प्रतिस्पर्धी पशुपति साहले १३०१ मत ल्याएका छन्। सारडाको प्यानलबाट प्रथम उपाध्यक्षमा शत्रुधनप्रसाद चौधरीले १५७१, द्वितीय उपाध्यक्षमा राम भजन पजियारले १५८०, महासचिवमा श्याम गुप्ताले १४८९, कोषाध्यक्षमा राम उदगार महतोले १५८५, सचिवमा प्रदिपकुमार गुप्ताले १५५९ ल्याई विजय हासिल गरेका छन्।

यसैगरी, सदस्यमा मनोज कुमार साहले १६२६, बद्री नारायण चौधरी १५६३, बैजनाथ साह सुडीले १५५३, रविन्द्र कुमार श्रेष्ठले १५३१, अमरनाथ साह तेली १५६१, मनोज कुमार महतोले १६०४, मखबुल आलमले १५१६ ल्याई विजयी भएका छन्। महिला सदस्यबाट रिता देवी यादव १५६७ र खुश्बु जयसवालले १५८७ मत ल्याई विजय भएका छन्।

 

नव निर्वाचित उद्योग वाणिज्य संघका अध्यक्ष विकास सारडासहितका पदाधिकारी। तस्विरःनागरिक

उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित शारडा सुनचाँदी व्यवसायी संघको जिल्ला अध्यक्ष तथा लहान सिटि जेसिजको अध्यक्षमा नेतृत्व गरिसकेका छन्।

 

प्रकाशित: १९ असार २०७९ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App