बाँकेमा उत्पन्न विद्युत अनियमितताबारे नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराइएको छ। नेपाली कांग्रेस बाँकेले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर ध्यानाकर्षण गराएको हो।
जिल्ला सभापति नारायणप्रसाद गौडेल नेतृत्वको टोलीले बाँकेमा उत्पन्न विद्युत अनियमितताबारे ध्यानाकर्षण गराएको हो। सो क्रममा कार्यकारी निर्देशक घिसिङले बाँके जिल्लामा उत्पन्न बिद्युत समस्या समाधानका लागि आफु गम्भिर रहेको बताए। ‘बाँके जिल्लाको विद्युत समस्याबारे म गम्भिर छु, यो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु,’ उनले भने।
ध्यानाकर्षण पत्र बुझाउन सभापति गौडेल, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सदस्य मनप्रसाद अचार्य, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कांग्रेस नेता चक्र अधिकारी प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेका थिए।
प्रकाशित: ५ असार २०७९ १४:११ आइतबार