९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

एक साताको अवधिमा आइएमई लाइफद्वारा मृत्यु दावी भुक्तानी

पछिल्लो एक साताको अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले दुई जना सेवाग्राहीको मृत्यु दावी भुक्तानी गरेको छ।

शाखाले सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङ र फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकका दुई बिमित सेवाग्राहीका आफन्तलाई मृत्यु दावी भुक्तानी गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाका प्रवन्धक सूर्य तमूले बताए।

उनका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकका बिमित मानबहादुर लिम्बूका आफन्तलाई मृत्यु दावी भुक्तानी गरिएको छ। मृतककी श्रीमती श्याममाया लिम्बूनीलाई बिमा रकम वापतको ५ लाख २० हजार रुपैयाँको चेक कम्पनीका फिदिम/ताप्लेजुङ इन्चार्ज ङिमा शेर्पाले हस्तान्तरण गरेका छन्। पाँच लाख रुपैयाँको बिमा गरेका मानबहादुरले बिमा गरेर एक किस्ता मात्र प्रिमियम तिरेका थिए।

यस्तै सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खेका १७ वर्षीय हेमकुमार लिम्बूको मृत्यु दावी भुक्तानी गरिएको छ। मृतकका बुवा हस्तबहादुर लिम्बूलाई ताप्लेजुङ–पाँचथर शाखाका इन्चार्ज शेर्पाले ५ लाख १० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्। लिम्बूले वर्षदिन अघि ५ लाख रुपैयाँ बराबरको बिमा गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा प्रवन्धक तमूले जानकारी दिए।

यसअघि गत जेठ दोस्रो साता आइएमई लाइफ इन्स्योरेन्सले बिमित मैवाखोला गाउँपालिका वडा नं ४ साँघुका सबिन शेर्पाको परिवारलाई बिमा वापतको ५ लाख २२ हजार ५ सय रुपैयाँ बराबरको चेक प्रदान गरेको थियो। आइएमई लाइफ इन्स्योरेन्सका प्रदेश नं १ का प्रमुख मिलन दाहाल र ताप्लेजुङ–फिदिम शाखाका इन्चार्ज शेर्पाले संयुक्त रुपमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।

प्रकाशित: ४ असार २०७९ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App