४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अपांगता भएकाहरुलाई व्यवसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसरमा जोड

भक्तपुर उद्योग वाणिज्य संघ तथा रोजगारविहीन अपांगता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर परियोजनाको संयुक्त तत्वावधानमा विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरुलाई व्यवसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसर प्रदान गर्ने सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भक्तपुरमा सम्पन्न गरियो।

सो अवसरमा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले परियोजनासित मिलेर अपांगता भएका व्यक्तिहरुका लागि रोजगारीको अवसर प्रदान गर्न सकिने विश्वास व्यक्त गरे। कार्यक्रमले अपांगता भएका व्यक्तिहरुको लागि राम्रो अवसर प्रदान गर्न सकिने सम्भावना उजागर गरेको विचार पनि उनले व्यक्त गरे। साथै यसले आगामी दिनहरुमा यो क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने ढोका खोलेको बताए। यस्ता प्रयासहरुलाई निरन्तरता दिँदै थप कार्य गर्दै जाने विश्वास पनि उनले दिलाए। कार्यक्रमले संघमा पनि अपांगता भएका व्यक्तिहरु जो क्षमतावान छन्, तिनीहरुलाई रोजगारी दिनुपर्ने कुराको जिम्मेवारी बोध गराएको पनि उनले सुनाए।  

कार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक चिरञ्जिवी शर्माले कुनै पनि देशको विकास र उन्नती त्यो देशको उद्योग व्यापारको अवस्थाले प्रतिबिम्वित गर्ने भएकोले देशको समृद्धिमा उद्यमी व्यवसायीहरुको ठूलो योगदान रहने बताए। अपांगता भएका व्यक्तिहरु पनि देशका नागरिक भएको हुनाले उनीहरुको कमजोरीलाई नभई क्षमता हेरेर समान अवसर प्रदान गरिनुपर्नेमा उनले जोड दिए। संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपान पनि अपांगता भएका व्यक्तिको समानताको आवाज उठाए।  

कार्यक्रममा परियोजनाका व्यवस्थापक शिव प्रधान तथा तारानाथ सिग्देलले पनि आ–आफ्नो विषयमा प्रस्तुतिकरण गरे। कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु लगायत रोजगारदाताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App