१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक र महेन्द्रपुल पोखराको ओम हस्पिटलले सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाएको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर हस्पिटलसँग सम्झौता गरेको हो।

सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्युआर पे माफर्त भुक्तानी गर्ने ग्राहकहरूले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन्। डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्राय बोकेको बैंकले हस्पिटलसँगको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बताएको छ।

यस बैंकले प्रदेश नं. १ मा ५, प्रदेश नं. २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूर पश्चिम प्रदेशमा १७ वटा गरी कुल १ सय ३ वटा शाखाहरू मार्फत करिब ६ लाख ग्रहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २९ जेष्ठ २०७९ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App