coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याउने

खुकुरी रमको उत्पादक, दि नेपाल डिस्टिलरिज प्रालिले सन् २०३२ सम्म सतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने प्रतिबद्धता गरेको छ।

विश्व वातावरण दिवसको अवसरमा खुकुरी रमले वातावरण संरक्षण तथा दिगोपना विकासका लागि उक्त प्रतिवद्धता गरेको महाप्रबन्धक सुवास लामिछानेले बताए। उनले हाल वातावरणमा हुनसक्ने नकरात्मक प्रभावलाई कम गर्न सप्लायर्स र विज्ञसहरूसँग काम गरिरहेको बताउँदै आगामी ३ वर्षभित्रमा सतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्थामा ल्याउने बताए।

कम्पनीले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइ तथा ग्रिन इनर्जीमा समेत काम गरिरहेको छ। आगामी तीन वर्षभित्रमा ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्‍याइसक्ने कम्पनीको दाबी छ।

यस्तै कम्पनीले अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरू सफा गरी पुनः प्रयोग गरिरहेको जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७९ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App