२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

विराटनगरको विकासमा विश्व बैंकले सघाउने

विश्व बैंकले विराटनगरको विकासका लागि सघाउन तयार रहेको जनाएको छ। विश्व बैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्स नेतृत्वको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको विकासमा सघाउन तयार रहेको जनाएको हो। 

मेयरसँगको भेटमा भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरुको आर्थिक विकासका लागि विश्वबैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए। प्रदेशको राजधानी भएकाले विराटनगरको विकास हुनु जरुरी रहेको उनको भनाइ थियो। विकास र समृद्धिले मात्रै संघीयता बलियो हुने बताउँदै उनले महानगरलाई आर्थिक रुपमा बलियो बनाउन सुझावसमेत दिए।

सो क्रममा वित्तीय हस्तान्तरणको अवस्था, स्थानीय, प्रदेश र संघीय सरकारबीच हुने वित्तीय बाँडफाँड, स्थानीय तहले संकलन गर्ने राजस्वको अवस्थालगायतका विषयमा विश्वबैंकका प्रतिनिधिहरुले मेयर कोइरालासित जिज्ञासा राखेका थिए। विश्व बैंकले नेपाल सरकारसित मिलेर नेपालको समग्र विकासका परियोजना तयार पारिरहेको छ। सो परियोजना करिब १ सय ५० मिलियन डलर बराबरको हुने बैंकले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App