१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेप्से ३५.५३ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले गिरावट आएको छ।

साताको दोस्रो कारोबार मंगलबारका दिन नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ। मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता शेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियोे। मंगलबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमध्ये निर्जिवन बिमा उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ।

बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। मंगलबार नेप्से परिसूचक गिरावट आए पनि उपकार लघुवित्तको शेयरमूल्य भने ८.२३ प्रतिशत बढेको छ। त्यसैगरी, एनएमबी ५० र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकको मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै एनएलजी इन्स्योरेन्सको शेयरमूल्य यस दिन ६.५० प्रतिशत घटेको छ। कर्पोरेट डेभलपमेण्ट बैंक, मल्टीपर्पस फाइनान्स र प्रभु इन्स्योरेन्स शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा ५ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। नबिल बैंक र हिमालयन डिष्टिलरीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App