१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र सुर्खेत स्थित सुर्खेत हस्पिटलबीच सिटिजन्स बैंकका कार्डवाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यो समझदारीपछि सिटिजन्स बैंकका कार्डवाहकले सुर्खेत हस्पिटलबाट प्रदान गरिने सेवामा २० प्रतिशतसम्म छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ।

प्रकाशित: १० जेष्ठ २०७९ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App