३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुलुकको अर्थतन्त्र सकारात्मक छैनः उद्योग मन्त्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताएका छन्।

सोमबार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिट २०२२’सम्मेलनमा बोल्दै मन्त्री बडूले पछिल्लो समय रुस र युक्रेन युद्धको कारण विश्व अर्थतन्त्र नै चुनौतीको सामना गर्नु परेकाले नेपालमा पनि त्यसको प्रभाव देखिएको बताए। मन्त्री बडूले नेपाल हरेक वस्तुमा आयातमुखी भएको बताए।

स्वदेशमै उत्पादन हुन सक्ने वस्तु पनि आयात हुनु चिन्ताजनक भएको भन्दै मन्त्री बडूले निर्यातलाई प्रोत्साहित गर्ने र आयातलाई निरुत्साहित गर्ने आर्थिक नीति बनाउनु पर्ने बताए। उनले स्वदेशी उत्पादन र स्वदेशमै रोजगारी नबढाए अर्थतन्त्रमा सुधार हुन नसक्ने बताए। अर्थतन्त्र उकास्नका निम्ति निर्यातमै जोड दिनुपर्ने मन्त्री बडूको भनाइ छ।

यसैगरि, मन्त्री बडूले स्वदेशमा उद्योग प्रवर्द्धनका लागि औधोगिक क्षेत्र, औधोगिक, विशेष आर्थिक क्षेत्र घोषणा गरिएको बताए। उनले सरकारले आगामी आर्थिक वर्षदेखि स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि अभियान २०७९/०८९ सम्मको अभियानमा चलाउन लागेको बताए।

प्रकाशित: ९ जेष्ठ २०७९ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App