नेप्से परिसूचक बुधबार ३१ दशमलव ९९ अंकले बढेर अहिलेसम्मकै उच्च ११९१ दशवमल २२ अंकमा पुगेकाे छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक लगायत वित्तीय संस्थाहरुको चुक्ता पुँजी दुई वर्षभित्र बढाउनु पर्ने नीति ल्याएपछि बजार बुलिस ट्रेन्डमा गएको हो। वाणिज्य बैंकले पूँजी बढाउनका लागि बोनस र हकप्रद सेयर जारी गर्ने आशाका कारण बजारमा खरिदको चाप बढेको विश्लेषकहरुको भनाइ छ। निरन्तर उकाले लागिरहेके बजारलाइ हिजाे राष्ट्रबैंकले बेनस शेयरमात्रै जारी गर्नुपर्ने बाध्यकारी नीति ल्याएपछि बजार अाज अझ रफ्तारमा अगाडि बढिरहेकाे छ ।
पछिल्ला दिनमा भएका राजनीतिक घटनाक्रमले संविधान निर्माणको सुनिश्चितता बढेपछि लगानीकर्ताकाे मनाेबल पनि बढेकाे देखिन्छ । सेमबारदेखि सबै बैंकका सेयर डिम्याट सिस्टमबाट मात्र कारेबार हुन थालेपछि बैंकिङ समुहका शेयरकाे अापूर्तीमा कमी तथा मागमा बृद्धि भएकाे छ । जसले गर्दा बैंकिङ समुहका शेयरकाे मूल्य बढ्दा समग्र नेप्से परिसूचक पनि बढेकाे हाे ।तर विष्लेशकहरू याे बृद्धि लामाे समयसम्म टिकाउ हुने अाधार नभएकाे बताउँछन्।
नेप्सेको उतार चढाव
गत वर्ष नेप्से १ हजार नाघेको थियो। सोही समयमा राष्ट्र बैंकले 'हेल्ड फर ट्रेडिङ' लाई एक प्रतिशतमा सीमित गर्ने नीति ल्याएपछि नेप्से आरोलो लागेको थियो। कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक गर्ने समय तथा बैंकहरुसँग रहेको अत्यधिक तरलताले सुलभ ऋण पाउँदाको असरका कारणले पनि बजारले उकालो गति लिएको हो। नेप्से २०६५ भदौ १५ गते सबैभन्दा उच्च ११ सय ७५।३८ मा पुगेको थियो। २०६८ असार १ गते सबैभन्दा कम २ सय ९२।३१ विन्दूमा ओर्लिएको थियो।
प्रकाशित: २ भाद्र २०७२ ०२:३५ बुधबार