१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैकद्वारा क्युआर कोड वितरण

बैंकले महाराजगञ्ज र नक्साल क्षेत्रमा क्युआर कोड वितरण गरेको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आज उक्त क्षेत्रका होटल, रेष्टुरेन्ट, फलफूल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल लगायत विभिन्न पसलमा क्युआर कोड वितरण गरेको हो ।

बैंकले क्युआर कोडको कारोबारबाट नगद कारोबारको जोखिम न्यूनीकरण गर्ने विश्वास लिएको छ। यसका अतिरिक्त बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय सेवा पुर्‍याउने लक्ष्य राखेको छ।  

यस बैंकले सातै प्रदेशमा १ सय ३ शाखाहरू मार्फत करिब ६ लाख ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: २७ वैशाख २०७९ ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App