२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
अर्थ

तीन भिन्न मोडलमा बोल्ट

काठमाडौं- बजेटले अटोमोबाइल्सलाई नछोएको र फेस्टिभल सिजन सुरु हुन लागेकाले अहिले प्रत्येक साता नयाँनयाँ गाडीहरु घरेलु बजारमा आइरहेका छन्। प्रत्येक कम्पनीले विभिन्न सेग्मेन्टमा निजी सवारीसाधनका सौखिनहरुलाई विकल्प दिइरहेको समयमा पहिलो पटक कार चढ्ने र पुरानो कार फेर्नेहरुका लागि थुप्रै विकल्प खुल्ला भएका छन्। तिनै विकल्पमा थपिएको छ, टाटाको बोल्ट।


गत सातामात्र नेपाली बजारमा भित्रिएको स्पोर्टी ह्याचब्याक बोल्ट प्रतिस्पर्धी कम्पनीहरुको गाडीमा भएका सुविधासँगै अलग विशेषताका साथ उपलब्ध भएको छ। यो गाडीको मुख्य विशेषता डिजाइन, ड्राइभिङ र कनेक्सन हो।

नेपालमा सार्वजनिक भएको तीन दिनमा हामीले यो कार टेस्ट ड्राइभ गरेर काठमाडौंको भित्री गल्ली, चक्रपथ बाहिर र चोभारको उकालोतर्फ कुदेका थियौं। काठमाडौंको सडक र बाहिर दुवैका लागि उपयुक्त यो कारमा भएका केही विशेषताले तपाईँलाई आनन्दित तुल्याउँछ।

टेस्ट ड्राइभमा मुख्यत यसमा भएको एउटा विशेषताले कारमा सवार हुनेलाई रोमाञ्चित बनाउँछ। टाटाको यसअघिको गाडी जेस्टमा भएको मल्टी ड्राइभ मोडमा थप विशेषता थपेको छ। यसमा भएको स्पार्ट, इको र सिटी मोडले गर्दा तपाईले फरकफरक अवस्थामा गाडी कुदाउन सक्नुहुन्छ।

१.२ टि. इन्जिनसहित निर्माण गरिएको बोल्टले रेभोटर्न १.२ टि. इन्जिनमा कारको क्षमतालाई देखाउँछ। यसमा भएको स्पोर्ट मोडले रेभोटर्न इन्जिनले एक्सिलरेसनमा तीव्रता ल्याउँछ। जसले गर्दा गाडी अझ तीब्र रुपमा कुद्छ। त्यस्तै इको मोडले गाडीको इन्धनलाई बचत गराउँछ। ठूलो जाममा परिरहेको अवस्थामा अगाडि बढ्दा यो मोड प्रभावकारी हुन्छ। उच्च प्रतिफलका लागि लामो ड्राइभिङमा पनि अधिकतम शक्ति प्रदान गर्दछ। त्यस्तै सिटी मोड दैनिक कार सञ्चालनको लागि उपयोगी हुन्छ। पर्फमेन्स र इकोनोमीको तुलना गर्दा यो मोड उत्कृष्ट साबित हुन्छ।

भारतीय गाडी निर्माता टाटा मोटर्सले निर्माण गरेको यो कार पुनेको पिम्प्री प्लान्टमा निर्मित बोल्ट कम्पनीको होरिजोनेक्स्ट फिलोसोफीअन्तर्गतको अत्याधुनिक कारमध्येमा पर्ने कम्पनीले जनाएको छ। नेपाली बजारमा २३ लाख ९५ हजारबाट सुरु हुने कार १.२ टि पेट्रोलको लागि उपलब्ध छ भने डिजेलतर्फ यसको २८ लाख ३५ हजार पर्दछ।

ग्राहकहरुका लागि नयाँएवं उत्कृष्ट दाबी गरिएको यो कारलाई कम्पनीले स्पोर्टी ह्याचब्याक भनेको छ। यो भारत, बेलायत र इटलीको समूहद्वारा डिजाइन गरी सञ्चालनमा ल्याइएकाले प्रतिस्पर्धी कम्पनीका अन्य कारसँगै यसको बजार हिस्सा पनि थपिदै जानेछ।
Bolt 2
यसको अर्को राम्रो पक्ष बाहिरी बनावट हो। यो कारले ठूलो ह्याचब्याकको अनुभवलाई अझ विस्तार गरेको छ। यसमा फ्लेम आकारमा भएको रियर टेलल्याम्प र बम्परले गाडीलाई बोल्ड र स्पोर्टी लुक देखाउन सहयोग पुर्या एको छ। गाडीको भित्री भाग पनि राम्रोसँग डिजाइन गरिएको छ। इन्टिरियरलाई कालो जाभा ड्यासबोर्डको साथमा निर्माण गरिएको छ भने अटो सूचना र मनोरञ्जनको लागि कारको केन्यभागमा थप विशेषता छ। यसमा नयाँ पुस्ताको टाटा सिग्नेचर थ्रीस्पोक स्टेरिङ ह्विलजस माइकोनोमिकग्रुभ, ड्राइभर सेन्ट्रिक ककपिट, हावाका लागि उपयुक्त भेन्टलगायत विशेषताहरु रहेका छन्।

कारभित्र लेग रुम, हेड रुमको पर्याप्त ठाउँ भएकाले घुँडा, खुट्टा ठोक्किने, टाउको ठोक्किने सम्भावना रहदैन। त्यस्तै सामान राख्ने स्पेसको लागि आवश्यकताअनुसार स्पेसपनि रहेको छ।

बोल्टले माइलेज राम्रो दिन्छ। अटोमोटिभ रिसर्च इन्डियाका अनुसार परीक्षण अवस्थामा १.२ टि रिभोटर्नले १७.५७ किमी प्रतिलिटर र डिजेलतर्फ २२.९५ किमी प्रतिलिटर फ्युलक्षमता रहेको जनाएको छ। बोल्ट भेनेटिएन रेड, प्रिस्टिन ह्वाइट, प्लाटिनम सिल्भर, स्काइ ग्रे, डुन बेइज पाँच रंगमा उपलब्ध भएकाले तपाईले जुन रंगमापनि गाडी लिन सक्नुहुन्छ।

नेपालमा यो गाडीमा ४ वर्षको वारेन्टी वा७५ हजार किमी (जुन पहिला आउँछ त्यही) प्रदानग र्ने कम्पनीले घोषणा गरेको छ।

ड्राइभ नेक्स्ट विशेषताहरुको साथमा बोल्टलाई ड्राइभिङ सेगमेन्टको उत्कृष्ट वर्गमा समावेश गरिएको छ। यो कार पेट्रोल र डिजेल दुवै उपलब्ध छ। कम्पनीले १.२ लि. टर्बोचार्ज मल्टी पोइन्ट फ्यूलइनजेक्शन, पेट्रोल इन्जिन रिभोटर्न रहेको इन्डियाको पहिलो कार भएको जनाएको छ।

डिजेलतर्फको कारमा १.३ लि. को क्वाडराजेट इन्जिन रहेको छ जसले ४ हजार आरपिएममा ७५ पिएस टोरक्यु र १७ सय ५० देखि ३ हजार आरपिएममा १ सय ९० एनएम प्रदान गर्ने कम्पनीको भनाइ छ।

गाडीमा भएको स्मार्ट डिभाइसमा गीतसंगितदेखि नेभिगेसन गतिविधिलाई सहज बनाउँछ। आवश्यक परेको स्थानहरु खोजीगर्न समेत विशेष प्रविधिको विकास गरेको छ। वातावरणीय आवश्यकताअनुसार एसी सञ्चालन गर्न सकिन्छ। टाटा मोटर्स्ले हारमानसँगको सहकार्यलाई निरन्तरता दिएको छ। यसमा भएको टचस्क्रिनले यात्रालाई थप सहज बनाउँछ। मल्टीमिडियाको अनुभव, टचस्क्रिन सूचना, भिडियो प्लेब्याक, स्मार्टफोनसँग सम्बन्धित नेभिगेसन, आधुनिक ब्लुटुथ प्रविधि, स्मार्ट भ्वाईस कमाण्ड, आधुनिकस्मार्टफोन इन्टिग्रेसन,एसएमएस नोटिफिकेशन र रेड आउट लगायतका विशेषताहरुले चालकलाई आनन्दित बनाउँछ।

५ स्पीड गियरबक्स भएको कारमा सिटको क्षमता ५ रहेको छ। पावर स्टेरिङ रहेको कारमाअलोए ह्विल्स छ। त्यस्तै यसमा स्मोक्ड प्रोजेक्टर हेडल्याम्पस भएकाले यसको भिजिबिलिटी राम्रो छ। यो कारले बजारमा मारुजी सुजुकी स्विफ्ट, फोर्ड फिगो, हुन्डाईको आइ टेन, ग्रान्ड आइटेन निसानमा इक्रालगायतसँग बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

प्रयोगकर्ता यसको बुट स्पेस, प्रिमियमलुक्स दिन सकिने भएपनित्यस्तो नभएको भन्दै असन्तुष्टि जनाउन सक्छन्। त्यस्तै कारभित्र धेरै ठाउँ भए पनि आर्मरेस्टदेखि गगल्स होल्डिङ, क्यानहोल्डर कमभएकाले पनिप्रयोगकर्ता प्रश्नगर्न सक्छ त्यस्तै नेभिगेसन मोबाइलको एन्ड्रोइड भर्सेनमा चल्ने भएकाले आइओएस भएकाले मिस गर्न सक्छन्।

प्रकाशित: १८ श्रावण २०७२ २१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App