पर्याप्त मेमोरी, उच्च मेगापिक्सलको क्यामेरा, उच्च क्षमताको र्यााम, प्रोसेसर र मल्टीमिडियाका कारण प्रयोगकर्ताहरु स्मार्टफोनबाट टाढिन सक्दैनन्। स्मार्टफोन भन्ने बित्तिकै यसको मूल्य सामान्य प्रयोगकर्ताको पहुँचमा नहुन पनि सक्छ। तर भारतीय स्मार्टफोन निर्माता लाभाले स्मार्टफोन चलाउन सौख राख्नेलाई सस्तोमा आइरिस एक्सएटक्यु प्रस्तुत गरेको छ।
तपाई यसअघि स्मार्टफोनको प्रयोगकर्ता हुनुहुन्छ भने पक्कैपनि मोबाइलको ब्याट्री ब्याकअप, मोबाइलको परफर्मेन्स र सेल्फीका लागि वाइड स्पेस चाहनुहुन्छ। यी तिनवटै विशेषता छन्। लाभा एक्सएटको मिनी भर्सन एक्सएटक्युमा।
५ इन्चको एचडी स्त्रि्कन रहेको लाभा एक्सएटक्युमा एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको छ। एउटै स्मोर्टफोनमा दुइटा सिम राखेर प्रयोगकर्ताले दुइटा मोबाइल राख्ने झन्झटबाट मुक्त हुन सक्छन्। टुजी र थि्रजी सपोर्ट गर्ने यसमा डुअल सिम लाग्छ। त्यसैले तपाईले दुई मोबाइल सेवा प्रदायक कम्पनीका सिम राखेर प्रयोग गर्न सक्नुहुन्छ।
नेपाली बजारमा १४ हजार मूल्य रहेको यो मोबाइलको मुख्य क्यामेरा ८ मेगापिक्सलको रहेको छ। रियर र लिड फ्ल्यास भएका कारण फोटो यसले तुलनात्मक रुपमा राम्रो नै लिन्छ। त्यस्तै अगाडि ५ मेगापिक्सलको क्यामेरा रहेको छ। ५ मेगापिक्सल र वाइडस्पेस भएका कारण तपाई आरामले सेल्फी लिन सक्नुहुन्छ।
यसमा १.३ गिगाहर्ज क्याबकोर मिडियाटेक प्रोसेसर रहेको छ भने एक जिबी र्याकम, ८ जिबीको आन्तरिक मेमोरी र ३२ जिबी मेमोरी थप्न सकिने क्षमता रहेको छ। यसमा भएको २५ सय एमएएच क्षमताको ब्याट्री (झिक्न नमिल्ने) ले लामो समयसम्म ब्याकअप दिन्छ। विशेषगरी थि्रजी इन्टरनेट चलाउँदा र फोनमा रहेका अनेकन एप प्रयोग गर्दा अन्य स्मार्टफोनमा जस्तो यसमा ब्याट्री चाँडै खपत हुँदैन्। यसले गर्दा तपाई ढुक्क बनाउन सक्छ।
त्यस्तै अन्य स्मार्टफोनमा भएका जस्तै वाइफाइ, माइक्रो युएसबी र ब्लुटुथले कनेक्टिभिटीमा सजिलो पुर्या उँछ। एमपी थ्री अडियो र एमपी फोर भिडियो रहेको यसमा जिपिएस, जाभा र एफएम पनि रहेको छ।
पातलो मोबाइलको चाहना बढ्दो छ। यसको मोटाइ ७.७ एमएम रहेका छ। अगाडि र पछाडिको आवरण उस्तै जस्तो लाग्ने हुनाले प्रयोगकर्ताले पक्कै चलाउँदा स्मुथ अनुभव गर्न सक्छन्।
ज्यादै ठूलो र सानो नभएकाले यो मोबाइल एउटै हातले चलाउन पनि सकिन्छ। यसको उचाई १४३.५ एमएम र चौढाई ७०.८ एमएम रहेको छ।
बजारमा कालो र सेतो रंगमा उपलब्ध यो मोबाइल तपाईलाई मनपर्ने रंगमा खरिद गर्न सक्नुहुन्छ तर यसको बाहिरी आवरणमा सेतो स्टिल बोर्डर भएकाले तपाईले कालो रंगको मोबाइल लिनुभयो भने राम्रो देखिन सक्छ।
प्रकाशित: १६ श्रावण २०७२ २३:१० शनिबार





