२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अर्थ

हुन्डाईका दुई स्मार्ट कार

काठमाडौं- हरेक वर्ष विभिन्न कम्पनीका गाडीहरू र हरेक महिना तीनका नयाँ ब्रान्ड नेपाली अटो बजारमा प्रवेश गर्ने क्रम बढिरहेको छ। कार पारखीहरु हरेक वर्ष विशेषता थपिएका नयाँ कार परिवर्तन गर्न चाहन्छन्। त्यसैले कुन कारमा कस्तो सुविधा छ त्यसको खोजीमा उनीहरु हुन्छन्।

कुनै बेला 'स्टाटससिम्बोल'को रुपमा लिइने कारले हाल मध्यम वर्गीय नेपालीलाई आकर्षित गर्दैछ। आफ्नै कार होस् र कारमा सबथोक होस् भन्ने चाहना सबैमा छ। ती चाहना पूरा गर्छ–कोरियाली कार निर्माता हुन्डाइको 'इलाइट आइ २०' र 'आइ २० एक्टिभ'ले।

इलाइट आइ २०: अाकर्षक इन्टेरियर

parking sensors 01

हुन्डाइको आइ २० को तेस्रो पुस्तामा आएको इलाइट आइ २० प्रिमियम ह्याचब्याक कार हो। अन्य कारमा नभएका विशेषता र सुविधा इलाइट आइ २० मा भएका कारण यसलाई प्रिमियम ह्याचब्याक भनेर कम्पनीले प्रस्तुत गरेको छ। यसको डिजाइन जर्मनीको रुसल सेमस्थित हुन्डाइ मोटर्स डिजाइन सेन्टरमा गरिएको हो। त्यसैले यसको भित्र र बाहिर दुवै इन्टेरियरले कार पारखीलाई आकर्षित गर्छ।

भारतमा सार्वजनिक भएको ११ महिनापछि नेपालमा सार्वजनिक भएको यो कारमा केही यस्ता विशेषताहरु छन् जसको प्रयोगले तपाईलाई स्मार्ट बनाउँछ।

इलाइट आइ २० काचार भेरियन्टहरु रहेका छन्। इरा, माग्ना, स्पोट्ज र अस्टा। तर यसका सबै भेरियन्टले स्पोर्टी लुक्स दिन्छन्। त्यसमध्ये हुन्डाईले अस्टालाई फुल्ली लोडेड बनाएको छ।
parking sensors 02
१२ सय सिसीको कापा डुअल भिटिभिटी पेट्रोल इञ्जिन रहेको गाडीमा अगाडि तथा पछाडि एसी जडान गरिएको छ। ड्राइभर बस्नेबाहेक पछाडि पनि एसीको सुविधा उपलब्ध भएकाले लामो यात्रामा निस्कने जोकोहीले आनन्दको अनुभूति गर्छन्। यसमा भएको एसीले वातावरणलाई आफैँ सन्तुलित बनाउँछ।

गाडीको बाहिरी आवरणमा र्यापरराउण्ड अटोमेटिक हेडल्याम्प राखिएको छ। यसले गर्दा लाइट अँध्यारोमा गाडी पार्किङ गरेपछि अटोमेटिक ३० सेकेन्डसम्म बल्छ। यसले सवारी चालकलाई अँध्यारोमा हिँड्नलाई सहज बनाउँछ। अगाडि फ्रन्ट फगल्याम्प, पछाडि ३ स्टेपको स्टायलिस बत्ति, मिररमा नै टर्न इन्डिकेटर रहेको छ। यसमा क्रोम डोर ह्यान्डलसमेत रहेको छ। यो कार स्टार्ट गर्ने चाबीलाई छिराइराख्नुपर्दैन यसमा पुस बटन छ जुन छोएपछि स्टार्ट हुन्छ।

इलाइट आइ २० स्पोट्ज र अस्टा भेरियन्टमा १६ इन्चको टायर रहेको छ। यो सेग्मेन्टमा १६ इन्चको टायर यसमा नै पहिलो हो। यसमा 'डायमन्ड कट अलोए ह्विल्स' छ।

hundai4
गाडीमा स्मार्ट कि छ। गाडीको झ्यालमा भएको सेन्सरले खल्तीमा भएको गाडीको चाबी सेन्सर गरेपछि गाडी आफैँ खुल्छ। पार्किङ गरेर लक भएपछि चालक गाडी नजिक जाँदा अटोमेटिक खुल्छ। त्यस्तै गाडीमा अटोमेटिक मिरर छ। गाडी खुलेपछि आफैँ मिरर खुल्छ र गाडी बन्द भएपछि साइड सेभमा बस्छ।

त्यस्तै यसमा पार्किङ सेन्सर, अँध्यारोमा स्टेरिङ पूरै घुमाउँदा छेउको लाइट बाल्न मिल्ने, सुरक्षाका लागि २ वटा एयरब्याग राखिएको छ। गाडीको डोरमा अटो लक अनलक सुविधा छ।  स्टेरिङ गाइड लाइनले गर्दा स्टेयरिङ घुमाउँदा क्यामेरा पनि घुम्छ र त्यसको दिशानिर्देश गर्छ।

गाडीमा एक जिबी मेमोरीसहितको २ डिन अडियोे म्यूजिक सिस्टम जडान गरिएको छ। जसमा८ वटा स्पिकर राखिएको छ। गाडीमा मल्टी फङसन स्टेरिङ रहेको छ। जसबाट भोल्यूम बढाउन घटाउन, गीत सार्न, बन्दगर्न सकिन्छ। कारभित्र चस्मा राख्नका लागि होल्डर, पानीको बोत्तल वा क्यान राख्नका लागि पर्याप्त ठाउँ रहेका छन्। कारमा आर्म रेस्टको लागि पनि ठाउँ छ।

चालक बस्ने सिट पर्याप्त अघिपछि गर्ने मिल्ने र आरामदायी भएकाले जतिलामो यात्रामा पनिय सले आनन्द दिने गर्छ। स्टेरियङलाई तलमाथि दायाँबायाँ आफू अनुकूल र सुविधाका लागि सारेर चलाउन मिल्छ।

त्यस्तै गाडीमा २ सय ८५ क्षमताको बुथकेस (डिक्की) रहेको छ। जहाँ पर्याप्त सामानहरु राख्न सकिन्छ भने फलफूल वा पोखिन सक्ने सामानलाई झुन्डाउनका लागि होल्डर पनि रहेको छ। डिक्कीभित्र असावधानीबस कोही बस्यो भने भित्रबाट नै खोल्न मिल्छ। डिक्की खोल्नका लागि चाबी राख्नुपर्दैन त्यो पनि सेन्सरले नै खोल्छ।

यति विशेषता हुँदाहुँदै पनि यसमा भएको इन्जिन सानो लाग्छ। माइलेजमा उपभोक्ता सामान्य सन्तुष्टिमात्र हुन्छ भने यसमा डिस्टान्स टु इम्प्टी पनि छैन।

इलाइट आइ २० सात रंगमा उपलब्ध छ। नेपाली बजारमा यसको मूल्य २७ लाख ९६ हजार रुपैयाँदेखि ३३ लाख ९६ हजार रुपैयाँसम्म पर्छ। इलाइट आइ २० इराको मूल्य २७ लाख ९६ हजार, मेगनाको २९ लाख ९६ हजार, स्पोर्टज् ३२ लाख ५६ हजार र आस्ता ३३ लाख ९६ हजार रुपैयाँ पर्छ।

भित्री इन्टिरेयिर यस्तो छ
hundai5

hundai

hundai1

hundai3

आइ २० एक्टिभ: एसयुभी लुक

इलाइट आइ २० सँगै नेपालमा एकैसाथ सार्वजनिक गरिएको अर्काे कार हो 'आइ २० एक्टिभ'। यो पनि प्रिमियम ह्याचब्याक कार हो।
Front-Passenger-Brown
यसमा पनि इलाइटमा जस्तै विशेषता र सुविधाहरु रहेका छन्। अधिकांश विशेषता र सुविधा इलाइटमा जस्तै भएको यो कार पेट्रोल (१.२ लि.) र डिजेल (१.४ लि.) इञ्जिनमा उपलब्ध छ। पेट्रोलमा ५ स्पिड म्यानुअल गियर छ भने डिजेलमा ६ स्पिड म्यानुअल गियर छ। ह्याच र एसयुभी मिलाएर बनाइएको यो क्रसओभर कार हो। यो हेर्दा ह्याच जस्तो र एसयुभी जस्तो पनि देखिन्छ।

यसमा अटो फोल्डेबल इलेक्ट्रिक मिरर रहेको छ। पुस स्टार्ट बटन,युनिक डिजाइ टेल ल्याम्प, दुईवटा एयरब्याग, स्टेरिङ एडप्टिभ पार्किङ गाइडलाइन्स, रिभर्स पार्किङ सेन्सर्स, हेडल्याम्प स्कोर्ट फङ्सन, स्मार्टपेडल, एन्टी लक ब्रेकिङ सिस्टम (एबिएस), मल्टी फङ्सन स्टेरिङ, ८ स्पिकरसहितको एडभान्स म्यूजीक सिस्टम लगायका सुविधा छन्। यसमा पनि अगाडि पछाडि एसी जडान गरिएको छ।

hundai

यो कारमा हाइटेक हेडल्याम्प जडान गरिएको छ। हेडल्याम्पमा अटो लाइट फङ्सन छ, जुन अँध्यारोमा अटोमेटिक बल्छ। प्रोजेक्टर स्टाइलको हेडलाइट भएकाले यसको क्लियर भिजन हुन्छ। स्टेरिङ घुमाउँदा हेडलाइट पनि घुम्छ।

४५ लिटर अट्ने प्लास्टिकको ट्यांकी छ। फलामको ट्यांकी ठोकिएर पड्कने डरले बलियो प्लास्टिकको ट्यांकीयसमा जडान गरिएको हो।

यसमा प्रयोगकर्ता केहीमा असन्तुष्टि जनाउन सक्छन्। जस्तै यसमा भएको सीमित स्टोरेज स्पेस, इलाइटको जस्तो इन्टेरियर कलर नहुनुले प्रयोगकर्ताले प्रश्न गर्न सक्छन्।

आइ २० एक्टिभको मूल्य नेपाली बजारमा ३२ लाख ५६ हजारबाट सुरु भएर ४३ लाख ५६ हजार रुपैयाँसम्म पर्छ। पाँच भेरियन्टमा उपलब्धआइ २० एक्टिभा एक्स डिजेलको ४३ लाख ५६ हजार, एस डिजेलको ४० लाख ५६ हजार, बेस डिजेलको ३७ लाख ५६ हजार, एस (पी)को ३५ लाख ५६ हजार र बेस (पी)को ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ।

भित्री इन्टिरेयिर यस्तो छ

hundai4

hundai2

 hundai1

hundai3

hundai5

प्रकाशित: १५ श्रावण २०७२ ००:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App