२३ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

बोसको बिक्री सम्पर्क कार्यालय नेपालमा

लोकप्रिय बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ। भारतमा सय वर्ष अघिदेखि काम गरेको यो कम्पनीले अहिले नेपालमा सम्पर्क कार्यालय खोलेको हो।

नेपालमा बोसका क्रियाकलाप विशेष गरी अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लाइन्सेस सेग्मन्टका वस्तु र सेवा प्रदान गर्न केन्द्रित हुने बताइएको छ। बोसले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यसाथ नेपालभरका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिने बताएको छ।  

कार्यालय उद्घाटनका क्रममा बोस लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा बोस ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले नेपालमा सेवा सुरु गर्ने पर्खाइमा रहेको बताए। बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयका साथै सार्क मुलुकसँग सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको उनले बताए।  

बोस ग्रुप प्रविधि र सेवाको विश्वव्यापी आपूर्तिकर्ता हो। सन् २०२१ को डिसेम्बर ३१ सम्म यसले विश्वभर ४ लाख १ हजार ३ सय जनालाई रोजगारी दिएको छ। कम्पनीका अनुसार यसको सन् २०२१ को बिक्री ७८.८ अर्ब युरो बराबर छ।

प्रकाशित: २० वैशाख २०७९ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App