२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

उपकार लघुवित्तको आईपीओ बाँडफाँट

उपकार लघुवित्त वित्तिय संस्था निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो।

आईपीओको प्रि–अलटमेन्ट मंगलबार सम्पन्न भइसकेको छ। संस्थाको आईपीओका लागि २४ लाख ३१ हजार १ सय ७० जनाले आवेदन दिएका छन्। लगानीर्ताहरुले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपियाँ बराबरको २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ता लागि आवेदन दिएका हुन्।

कम्पनीले चैत २५ गतेदेखि ३० गतेसम्म प्रति शेयर १०० अंकित दरको २ करोड ३६ लाख २५ हजार रुपियाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ २२ हजार १ सय ९ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर पाउने छन्। लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुर नगरपालिका वडा नं ११, पिपलचौतारामा छ। लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुर नगरपालिका वडा नं ११, पिपलचौतारामा छ। लघुवित्तको हाल कायम चुक्तापूँजी ४ करोड २० लाख रुपियाँ छ भने आईपीओ बिक्री पश्चात ६ करोड ५६ लाख २५ हजार हुनेछ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट balephihydro.comबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ।

प्रकाशित: ९ वैशाख २०७९ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App