coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कालिकोट एयरपोर्ट कालोपत्रेको तयारी

नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माण हुँदै गरेको सुनथराली विमानस्थल। तस्बिरः गोविन्द/नागरिक

२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले १ लाख रकम विनियोजन गरेर सुरु गरेको विमानस्थल असारसम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग वैशाख पहिलो हप्तादेखि कालोपत्रे गर्ने तयारी गरिएको हो।

विमानस्थलको टावर, भवन निर्माणको अन्तिम तयारीमा रहेको, विमानस्थल वरपर माटो काट्ने काम र नाला बनाइसकेको छ। अब वैशाख पहिलो हप्तादेखि विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने गरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थल पछिल्लो वर्षमा द्रुत गतिमा काम भएको हो। विमानस्थलसम्म सडक नपुग्नु, विगतको सशस्त्र द्वन्द्व, कोभिड लगायतका कारणले विमानस्थलको काम कछुवाको गतिमा भएको थियो। यो आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समयसीमा दिएको छ। धावनमार्ग ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई रहने स्टिमेट छ। श्रोतका अनुसार २०४२ साल यता ३९ करोड रकम विमानस्थल निर्माणमा अहिलेसम्म खर्च भइसकेको छ।

कालिकोट सदरमुकाम मान्मबाट हिँडेर चार घण्टामा विमानस्थल पुगिन्छ। अहिले सडक पुगेको छ। तर, निकै सकसपूर्ण सडकको अवस्था रहेको छ। असार मसान्तसम्म विमानस्थल पूर्ण रुपमा निर्माण कार्य सकिने गरी काम भइरहेको विमानस्थल निर्माणमा खटिएका नेपाल नागरिक उड्डययन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताए।

विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीहरुलाई सकसपूर्ण भएको जनाइएको छ। ‘कच्ची, अफ्ठ्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो छ।’ गौरी पार्वती÷श्याम एण्ड शंकर जेभीका प्रतिनिधि कलम केसीले भने, हामीले वैशाखको पहिलो हप्ताबाट धावनमार्ग कालोपत्रे गर्ने तयारी गरेका छौं। असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।’

गौरी पार्वती श्याम एण्ड शंकर जेभीले पिच गर्ने, नाला, माटो काट्ने गरी १३ करोड ८१ लाख रुपैयाँ भ्याटसहित ठेक्का लिएको छ। त्यस्तै भवन र टावर निर्माणका लागि पिआर ईन्फ्रास्टक्चरले ३ करोड ४७ लाख ७४ भ्याटसहित ठेक्का लिएको हो।

प्रकाशित: २९ चैत्र २०७८ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App