१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एनसेलको नयाँ वर्ष अफर सार्वजनिक

एनसेलले नयाँवर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ। एनसेलले जसमा न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको हो।

न्यू इयर कम्बो प्याक अन्तर्गत ग्राहकले सात दिन र २८ दिनको समयसीमा रहेका विभिन्न प्याकहरू लिन सक्नेछन्।

प्याकअनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन्।

त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रूपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन्।

कम्बो प्याक अन्तर्गत ७ दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित ९६ रूपैयाँमा लिन सक्नेछन्। यस प्याकमा बण्डल गरिएको १ जिबी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन्।

त्यस्तै ग्राहकले एक सय ६८ रूपैयाँमा ५ जिबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १६८ रूपैयाँमा लिन सक्नेछन्।

ग्राहकका लागि २८ दिनको समयसीमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले २९८ रूपैयाँमा २.५ जिबी डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन्। यो प्याक लिन एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गर्नुपर्नेछ।

कम्बो प्याक अन्तर्गतनै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिनको समयसीमा रहेको अन्य दुई प्याकहरू पनि रहेका छन्।

७९८ रूपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबी डेटासहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रही), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन्।

यस्तै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र रु ९९८ मा हरेक दिन २ जिबी डेटा २८ दिनसम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन्।

यसका साथै रिचार्ज योजनामा ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन्।

५० रूपैयाँदेखि ९९ रूपैयाँ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन्। त्यस्तैगरी १०० रूपैयाँदेखि १९९ रूपैयाँ रिचार्जमा ग्राहकले ३ दिनको समयसीमा रहेको २०० एमबी सोसल प्याक र २०० वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले ७ दिनको समयसीमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन्। यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउन प्रयोग गर्न सक्छन्। यो योजना अन्तर्गतको रिचार्ज योजना १५ दिनका लागि मान्य हुनेछ।

प्रकाशित: २८ चैत्र २०७८ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App