२४ पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

१५ प्रतिशतसम्म बढ्यो गाडीको भाडा, नयाँ भाडा कति?(विवरणसहित)

सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ। सरकारले १५ प्रतिशतसम्म गाडीको भाडा बढाएको हो।

यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको न्यूनतम १० प्रतिशतदेखि बढीमा १५ प्रतिशतसम्मले बढाएको हो।

विभागका अनुसार मालबाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो।

यातायात व्यवसायीहरूले पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि भएकाे भन्दै विगत केही समय अघिदेखि भाडा वृद्धिका लागि सरकारलाई दबाब दिँदै आएका थिए। 

कुन रुटमा कति?

https://drive.google.com/file/d/19mxe_xEZFwqCeCLr1TDiEQCDu_UPO_Xz/view?usp=sharing

प्रकाशित: २० चैत्र २०७८ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App