४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी भक्तपुरमा

वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरु बिहीबार भक्तपुरमा आएका छन्।

उनीहरुलाई भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जाले एक समारोहबीच स्वागत गरिन्। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताको नेतृत्वमा आएको पदाधिकारीहरुको टोलीलाई भक्तपुरमा स्वागत गरिएको हो।

टोलीलाई स्वागत गर्दै धौबञ्जाले महाभूकम्प र कोभिडको महामारीले थलिएको उद्योग व्यवसायहरु भर्खर उठ्न खोजिरहेको यस अवस्थामा समान समस्या भोगिरहेका व्यवसायीहरुले एक आपसमा सहयोगको भावना लिएर कार्य गर्नुपर्ने आवश्यकता औंल्याइन्।

साथै उनले राज्यको लागि निरन्तर कर तिर्ने उद्योगी व्यापारीहरुलाई पनि आफ्नो वृद्धावस्थामा राज्यकोतर्फबाट सामाजिक सुरक्षाको प्रत्याभूति गर्न सबैले मिलेर आवाज उठाउने विषयलाई महत्वका साथ लिनुपर्नेमा जोड दिइन्।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले ऐतिहासिक र पर्यटकीय सहर भक्तपुरमा आउँदा छुट्टै आनन्दको अनुभूति भएको बताउँंदै भक्तपुरको पर्यटन, हस्तकला र यहाँको मौलिक उत्पादनहरुको व्यापार प्रवद्र्धन गर्न वीरगञ्ज उद्योग वाणिज्य संघले सक्दो सहयोग पुर्‍याउने प्रतिवद्धता पनि व्यक्त गरे।

उद्यमी व्यवसायीहरुको साझा समस्या समाधानका लागि देशभरका उद्योग वाणिज्य संघहरुको एउटै आवाज हुनुपर्ने भएकोले यस भ्रमणको उद्देश्य उद्यमी व्यवसायीहरुलाई एकजूट गर्नु पनि रहेको बताए।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठ, उपाध्यक्ष गणेशहरि प्रजापति, सचिव विश्वराम दुवाल, कार्यसमिति सदस्य गौतम सुजखू र श्रीया बल्ललगायत वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुले पनि उद्यमी व्यवसायीहरुको हितका लागि सहकार्य गर्दै अघि बढ्नुपर्ने विषयमा जोड दिए।

प्रकाशित: १० चैत्र २०७८ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App