१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

आइएमई पेको दुबई भ्रमण विजेता घोषणा

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले दसैं, तिहार र छठका अवसरमा ल्याएको स्किमको विजेता घोषणा गरेको छ।

धनगढी कैलालीको अमिगो मनी ट्रान्सफर र सिमरा बाराको मोबाइल सरोकार विजेता बनेको कम्पनीले जनाएको छ। आइएमई काउन्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट बिक्री गरे बापत सिस्टममा आधारित लक्की ड्रमार्फत विजेता छनोट गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। विजेता दुई जोडीले चार रात पाँच दिन दुबई घुम्ने अवसर पाएका छन्।

कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपयुक्त समय नभएको कारण सो भ्रमणको लागि लाग्ने खर्च बराबर १ लाख ५० हजारका दरले रकम प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ चैत्र २०७८ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App