६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

दाना उद्योग संघको माग

नेपाल दाना उद्योग संघले पछिल्लो समय दाना बनाउने कच्चा पदार्थ– मकै, भटमासको पिना, औषधी, कच्चा तेल तथा फिड सप्लिमेन्टको मूल्य अस्वाभाविक बढेको भन्दै कच्चा पदार्थमा पुरानै दररेट हुनुपर्ने माग गरेको छ।

कच्चा पदार्थको बढ्दो मूल्यले यस उद्योगमा रहेको एक खर्बभन्दा बढिको लगानी र एक लाख बढीको रोजगारीमा असर पुगेको संघको भनाइ छ। संघले भटमासको पिनामा लाग्दै आएको कर ९ प्रतिशबाट घटाएर पुरानै दर १.६ प्रतिशत गर्न र बंगलादेश सरकारले यसको निर्यातमा लगाएको रोक खोल्न कूटनीतिक पहल गर्न माग गरेको छ।

त्यस्तै मकैमा लाग्ने कर १.६ प्रतिशत र औषधीको कर २ प्रतिशत कायम गर्न तथा दीर्घकालीन रूपमा यस्ता समस्या समाधान गर्न बृहत् रूपमा मकै तथा भटमास खेतीलाई प्रत्साहन गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App