१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको छुटसम्बन्धी सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हंग्री फास्ट फुड निजगढबीच सिटिजन्स बैंकका कार्डबाहकलाई १५ प्रतिशत छुट दिने सम्झौता भएको छ। उक्त सम्झौता अनुसार बैंकका कार्डबाहकले हंग्री फास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउनेछन्।

हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ। बैंकले हालसालै मोबाइलबाट कार्डलेस विथड्रल सेवासमेत सुरु गरेको गरेको छ। यो सुविधामार्फतबैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिनाकार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन्।

साथै बैंकले बुटवलमा रहेको एसइइडी ल्याबसँग पनि छुट सम्झौता गरेको जनाएको छ। उक्त सम्झौता अनुसार उक्त बैंकका कार्डबाहकले एसइइडी ल्याबको सेवा लिँदा लाग्ने शुल्कमा ३० प्रतिशत छुट पाउनेछन्। हाल बैंकले एक सय ७४ शाखा, एक सय २३ एटिएम र ९२ शाखा रहित बैंकिङ्ग ईकाईबाट बैंकिङ सेवा दिदै आएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App