१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

एनसेलको ‘ननस्टप टाइम प्याक’

एनसेलका ग्राहकले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याक लिन पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले ल्याएको ‘ननस्टप टाइम प्याक’अन्तर्गत १५ मिनेट र दुई घण्टाका लागि डेटा सेवा लिन सक्नेछन्।

कम्पनीले पहिले नै वान आवर डेटा प्याकअन्तर्गत करसहित २२ रूपैयाँमा पाइने एक घन्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ।

यस योजनामा ग्राहकले करसहित १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् भने ३० रूपैयाँमा दुई घण्टाको डेटा प्याक लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। इन्टरनेटको गति एक एमबिपिएसको हुनेछ। ननस्टप टाइम प्याकले विशेषगरी अनलाइनमार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्य गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकको सुरक्षित पहुँच सुनिश्चित गर्ने कम्पनीको विश्वास। 

प्रकाशित: २० माघ २०७८ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App