१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

युवा उद्यमी मञ्च र यती एअरलाइन्सबीच सहकार्य

हवाई सेवा प्रदायक कम्पनी यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यावसायिक सहकार्य भएको छ। सम्झौतासँगै यती एअरलाइन्स अबदेखि मञ्चको आधिकारिक एअरलाइन्स बनेको छ।

सो सम्बन्धी सम्झौतामा एअरलाइन्सका सिइओ अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले हस्ताक्षर गरेका छन्। अब मञ्चमा आवद्ध सदस्य उद्यमीले यतीको जहाजमार्फत हवाई सेवा लिँदा सहुलियत पाउने मञ्चको विज्ञप्तिमा उल्लेखछ। हाल मञ्चमा देशभरका सात हजारभन्दा बढी उद्यमी आबद्ध छन्।

प्रकाशित: ६ माघ २०७८ ००:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App