coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आयल निगमको निमित्त कार्यकारी निर्देशकमा भट्टराई

सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको पदीय जिम्मेवारी तोकेको हो।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर अघिल्लो साता बिदा भएपछि निगम नेतृत्वविहीन बनेको थियो। नयाँ कार्यकारी निर्देशन नियुक्त भएर नआउँदासम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ।

निगमका नियमित काम गर्नुपर्ने भएकाले बुधबार भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोक्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले बताए।

मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरिसकेको छ। नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्म भट्टराईले कार्य सम्पादन गर्नेछन्। भट्टराईसँग यसअघि पनि लामो समय निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरेको अनुभव छ।

प्रकाशित: ५ माघ २०७८ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App