६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

न्यु धौलागिरी सहकारीको अध्यक्षमा श्रेष्ठ

न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारणसभाबाट अध्यक्षमा अमृतलाल श्रेष्ठ चयन भएका छन्।

म्याग्दी र छिमेकी जिल्ला पर्वतमा सेवा केन्द्र रहेको सहकारीको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा चन्द्रकुमार केसी र कोषाध्यक्षमा बमबहादुर पुन चुनिएका छन्।

कार्यसमिति सदस्यहरूमा रवीन्द्र कार्की ‘रवि’, विमला गौचन, अनिता कार्की, वीरेन्द्रमान शाक्य, कृष्णकुमार शेरचन, होमप्रसाद सुवेदी, हेमन्त थापा, भीमविक्रम मल्ल, ठकराज बरुवाल र तुलप्रसाद श्रेष्ठ रहेको वरिष्ठ प्रबन्धक वसन्त श्रेष्ठले जानकारी दिए।

साधारण सभाबाट गोविन्दप्रसाद पौडेलको संयोजकत्वमा टीकाराम शर्मा र मानसिंह सापकोटा सदस्य रहेको लेखा समिति समेत चयन भएको छ। साधारणसभाले तातोपानी, बाबियाचौर, दरबाङ, पोखरेबगर र छिमेकी पर्वतको जलजला गाउँपालिकामा रहेको सेवा केन्द्रका संयोजक तथा सदस्यसमेत चयन गरेको छ। 

प्रकाशित: २५ पुस २०७८ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App