१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सहकारीले कौशी खेती प्रवर्द्धनात्मक कार्यक्रम सुरु गर्ने

ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बजारबासीलाई लक्षित गरी बार्दली, कौसी तथा छाना खेती प्रवर्द्धन कार्यक्रम अघि बढाउने भएको छ। बिहीबार सम्पन्न संस्थाको २१ औं वार्षिक साधारणसभाले चालू आर्थिक वर्षका लागि विभिन्न १८ बुँदे मुख्य कार्यक्रम अघि सारेको हो।

संस्थाका अध्यक्ष टामन सिग्देलले कार्यक्रम प्रस्तुत गर्दै चालू आवमा कम्तिमा ४० जनालाइ कौशी खेतीसम्बन्धी तालिम प्रदान गरिने बताए। सहकारी खेती प्रणाली प्रवर्द्धन गर्न कम्तिमा ४ युवालाई सहकारी खेतीसम्बन्धी तालिम प्रदान गरिने भएको छ। कृषि उपज तथा रसायनिक मल खरिद बिक्रीसम्बन्धी कार्यलाई संस्थाले यथावत् रुपमा सञ्चालन गर्ने भएको छ।

प्रकोपबाट बिपद्मा परेका सदस्य र दुर्घटनाबाट मृत्यु भएका सदस्यका आफन्तलाई दिइने सहयोग रकमलाई चालू आवमा निरन्तरता दिने संस्थाले जनाएको छ। संस्थाको कार्यक्षेत्रमा पर्ने अति दुर्गम स्थानमा रहेका स्वास्थ्य संस्था तथा नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको सहकार्यमा आँखा परीक्षण तथथा उपचार शिविर सञ्चालन गर्ने ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले घोषणा गरेको छ।

परिस्थिति सहज भएमा २५ जना उद्यम किसान सदस्यलाई अन्तर जिल्ला अवलोकन भ्रमणमा पठाउने कार्यक्रम समेत सहकारी संस्थाले तय गरेको छ। सहकारी संस्थाले करिव साढे सत्ताइस सय जनालाई १ दिने सहकारी शिक्षा सम्बन्धी र ४५ जनालाई सीप विकास तालिम दिने सहकारीको योजना रहेको छ।

जिल्ला प्रहरी कार्यालयसँग मिलेर करिव १ सयजना विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्धको अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने सहकारीको योजना रहेको छ। साधारणसभाले संस्थाको विनियम, बचत तथा ऋण नीति र कर्मचारी सेवा निर्देशिकाका विभिन्न प्रावधानहरु संसोधन समेत गरेको छ।

साधारणसभाले कर्मचारी निर्देशिका संसोधन गरी पाँचौ तहको प्रमुख व्यवस्थापक दरबन्दी सृजना गर्न सञ्चालक समितिलाई अनुमति दिएको छ। संस्थामा अहिले चौथो तहको व्यवस्थापकले कार्यालय प्रमुखको भूमिका निर्वाह गरिरहेका छन्।

सभाले स्वीकृति दिए अनुसार शेयर सदस्यले सवारी,लुगा तथा गहना खरिद गर्ने प्रयोजनका लागि ऐच्छिक रुपमा खाता खोली बचत जम्मा गर्न पाउने व्यवस्था समेत लागु गर्ने भएको छ।  

१ अर्ब ३४ करोड बराबरको कारोबार 

कोषाध्यक्ष खड्गबहादुर मोक्तानका अनुसार आर्थिक वर्ष २०७७।०७८ मा संस्थाले १ अर्ब ३४ करोड बराबरको कारोबार गरेको छ। मोक्तानका अनुसार संस्थाले सो आवमा ३ करोड ६७ लाख ५१ हजार १ सय ६३ रुपैयाँ सञ्चालन आम्दानी तथा ३ करोड १ लाख ३ हजार २ सय ८ रुपैयाँ सञ्चालन खर्च गरी ६६ लाख ४७ हजार ९ सय ५५ रुपैयाँ सञ्चालन सञ्चालन बचत गरेको छ।

प्रकाशित: २२ पुस २०७८ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App