१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले १५औं वार्षिकोत्सव अवसरमा सातवटै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रमअन्तर्गत प्रदेश १ को तिनपैनी शाखा विराटनगर, प्रदेश २ को लाहान शाखा सिरहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा काठमाडौं, गण्डकी प्रदेशको न्युरोड शाखा पोखरा, लुम्बिनी प्रदेशको मिलनचोक शाखा बुटवल, कर्णाली प्रदेशको वीरेन्द्रचोक शाखा सुर्खेत र सुदूर पश्चिम प्रदेशको प्रदेश कार्यालय चटकपुर, धनगढीमा पुस १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको हो। 

देशभर आयोजित कार्यक्रममा चार सय १६ रक्तदाताबाट एक सय ८७ लिटर रगत संकलन भएको बैंकको विज्ञप्तिमा उल्लेख छ। यसअघि बैंकले महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ निःशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो। बैंकले वार्षिकोत्सव अवसरमा डिजिटल बैंकिङसम्बन्धी साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमसमेत आयोजना गरिरहेको जनाएको छ।

प्रकाशित: १८ पुस २०७८ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App