१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकको निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंकको महेन्द्रनगर शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बैंकले भीमदत्त–११ भुजेलास्थित महाकाली जनज्योति आधारभूत विद्यालयको प्रांगणमा आयोजना गरेको स्वास्थ्य शिविरमा स्थानीय दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधिसमेत प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोहीअनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डाक्टर गोविन्द रोकाया लगायत १० जना स्वास्थ्यकर्मीको टोली रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १४ पुस २०७८ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App