१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

निगमलाई खतराजन्य पदार्थ ओसारपसारमा अनुमति

नेपाल वायुसेवा निगमले विगत ६ दशकभन्दा बढी समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको छ। साथै निगमले आफ्नो इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने वायुसेवाको रूपमा अनुमति पनि प्राप्त गरेको छ।

खतराजन्य पदार्थ ओसारपसारको अनुमतिका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधान पूरा गरेपछि निगमका जहाजलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति पाएको हो।

मन्त्रालयमा आयोजित सो कार्यक्रममा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगमले प्राप्त गरेको प्रमाणपत्र उच्चतम कार्यको प्रतिफल र सराहनीय कार्य भएको उल्लेख गरे।

विगत ६३ वर्षदेखि हालसम्म निगमले जेनरल कार्गो ओसारपसारमा मात्र सीमित रहेकामा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गत पर्ने कार्गो सामानको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउने  अवसरको  रूपमा लिइएको छ।

निगमको ए ३३० जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकामा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गत विभिन्न औषधिजन्य र विद्युतीय लगायत सामानको ओसारपसारमा सहजता भई उक्त विमानको उच्चतम सदुपयोग हुने विश्वास लिइएको छ।

प्रकाशित: २१ मंसिर २०७८ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App