७ वैशाख २०८१ शुक्रबार
अर्थ

राजस्व छली गर्ने विरुद्ध ४५ करोडको मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा करिव पौने ४५ करोड रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको छ। राजश्व चुहावट गरेको आरोपमा रुपन्देही समरिमाही गाउँपालिका वडा नम्बर ६ का कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोद गुप्ताविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।

गुप्ताले राजस्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरी उक्त सामान विभिन्न व्यक्तिलाई बिक्री गरेर मूल्य अभिवृद्धि कर र आयकर छली गरी राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ। राजस्व अनुसन्धानको बुटवल कार्यालयले गुप्तालाई ४४ करोड ७३ लाख ८६ हजार नौ सय ५८ रुपैयाँ तथा तीन वर्ष कैद सजायँ माग दाबी गरेको छ।  

मूल्य अभिवृद्धि करतर्फ ६ करोड ३१ लख ४८ हजार र आयकरतर्फ १६ करोड पाँच लाख ४५ हजार समेत जम्मा हुन आउने २२ करोड ३६ लाख ९३ हजार राजस्व चुहावट भएको विभागले जनाएको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन ऐन,२०५२को दफा २३(१) बमोजिम निजबाट बिगो २२ करोड ३६ लाख ९३ हजार असुल गरी सोही ऐनको दफा २३(१) बमोजिम कामय भएको बिगोको शतप्रतिशत २२ करोड ३६ लाख ९३ हजार जरिवाना गरी तीन वर्ष कैद सजायको समेत मागदाबी गरेर अभियोग पत्र दायर गरेको छ।

प्रकाशित: १९ मंसिर २०७८ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App