१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंक र आइएसओएनबीच सम्झौता

एभरेस्ट बैंक लिमिटेडका ग्राहकलाई विशेष छुट दिने विषयमा आईएसओएन हेल्थकेयरसँग सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकमा खाता भएका ग्राहक र कार्ड होल्डरले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्यान्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका छन्। सम्झौताबाट बैंकका ग्राहकले आइएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुन सक्ने छन्। आइएसओएनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरूसँग सहकार्य रहेको विज्ञप्तिमा उल्लेख छ।

यो बैंकले करिब १२ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ। यसले एक सय पाँच शाखा, प्रादेशिक कार्यालय, एक सय ३८ एटिएम, ३१ राजस्व संकलन काउन्टर लगायतबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाउको छ।

प्रकाशित: १९ मंसिर २०७८ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App