८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

चितवनमा ईर्ष्या गर्न लायक विकास

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्नलायक विकास भएको बताएका छन्।

चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत इष्र्या जागेको बताए।

‘यो ईर्ष्या भनेको सकारात्मक इष्र्या हो, देशभर सबले सिक्नलायक विकास हो,’ उनले थपे, ‘यहाँको विकास मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ।’  

मन्त्री शर्माले नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नति, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। यस्तै, भरतपुरमा निर्माणाधीन रंगशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०७८ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App