१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सप्तकोशी बैंक बन्यो उत्कृष्ट करदाता

दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय विराटनगरले उत्कृष्ट करदातालाई सम्मान गरेको छ। यो वर्षको उत्कृष्ट करदाताको सम्मानबाट सप्तकोशी डेभलपमेन्ट बैंक सम्मानित भएको हो।

बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले सम्मान ग्रहण गरेका थिए।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सुर्यप्रसाद पोखरेल, नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेलगायतले सुवेदीलाई प्रशंसापत्र, दोसल्ला र मालाले सम्मान गरेका थिए।

यस्तै आन्तरिक राजस्व कार्यालय विराटनगरका उत्कृष्ट कर्मचारी डम्बर विकलाई पनि सम्मान गरिएको थियो। आन्तरिक राजस्व कार्यालय विराटनगरले सप्ताहव्यापी रुपमा कर दिवस मनाउने जनाएको छ।

कार्यक्रममा  उद्योगी व्यवसायीहरूले कर प्रशासन चुस्त हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले एकिकृत कर प्रणाली कार्यान्वयन गर्न उद्योगीहरूले माग गर्दै आएको बताए।

प्रकाशित: १ मंसिर २०७८ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App